नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि समाजवादी मोर्चाको दोस्रो बैठक स्थगित भएको छ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन भएपछि बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए।
समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको थियो। दाहालको बुधबार बिहान ८ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
असार ४ गते घोषणा ऐएको समाजवादी मोर्चाको १८ दिनपछि असार २३ मा बसेको थियो।
विभिन्न ३ बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चा घोषणा गरिसकेपछि यसका शीर्ष नेताहरुबीच पहिलो छलफल भएपछि दोस्रो बैठक तय भएको थियो।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा संलग्न छन्।
Shares

प्रतिक्रिया