राजनीति


सीतालाई श्रद्धाञ्जली दिँदै गर्दा भक्कानिए प्रचण्ड (तस्बिरहरू)

सीतालाई श्रद्धाञ्जली दिँदै गर्दा भक्कानिए प्रचण्ड (तस्बिरहरू)

पेरिसडाँडामा सीतालाई श्रद्धाञ्जली दिँदै प्रचण्ड। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार २७, २०८० बुधबार १२:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक शोक व्यहोरेका छन्। 

छोरा प्रकाश दाहाललाई गुमाएको ६ वर्षपछि प्रचण्डले पत्नी शोक पनि व्यहोर्नु परेको हो।

उनले सबैभन्दा पहिले जेठी छोरी ज्ञानुलाई क्यान्सरका कारण गुमाएका थिए।

बुधबार बिहान सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

निधनपछि उनको पार्थिव शरीर अहिले पेरिसडाँडामा राखिएको छ।

जहाँ प्रचण्डले भावविह्वल हुँदै पत्नी सीताको पार्थिक शरीरमा श्रद्धाञ्जली दिए।

जनयुद्धको नेतृत्व गर्दा हरपल आफूलाई साथ दिएकी सीतालाई गुमाउँदा प्रचण्ड अश्रुमिश्रित अवस्थामा देखिए।

पेरिसडाँडामा जीवनसाथीको पार्थिव शरीरमा पुष्पअर्पण गर्दा प्रचण्डलाई दुई छोरी रेनु र गंगाले सम्हाले। पहिले माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुहाराम पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .