ad ad

राजनीति


सभामुख टुंग्याउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी

सभामुख टुंग्याउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ४:११,

सभामुखको विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच अहिले छलफल चलिरहेको छ।

आज (शुक्रबार) बिहान नौ बजेदेखि नै ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको नेकपाका एक नेताले जानकार दिए।

सम्भवतः आजै ओली र प्रचण्डले सभामुखको नाम टुंग्याउने स्रोतले जनाएको छ। स्रोतका अनुसार सभामुख पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएपछि अन्तिम निर्णय गर्न यो बैठक बसेको हो।

सभामुखको विषयमा बढेको असमझदारीको कारण ओली र प्रचण्डबीच भेटघाट हुनै छाडेको थियो । पाँच दिनपछि बिहीबार ओली र प्रचण्डले करिब साढे दुई घण्टा छलफल गरेका थिए।

बिहीबारको छलफलपछि सभामुख पद पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएका हुन्। माओवादी पक्षबाट प्रचण्डले अग्नी सापकोटालाई सभामुखमा अघि सार्न खोजेका छन्।

सापकोटाको नाममा सहमती नजुटे पम्फा भुसाल अथवा हरिबोल गजुरेल सभामुख बन्न सक्ने स्रोतको दाबी छ।

दुई अध्यक्षको छलफलबाट सभामुख टुंगो लागे त्यसलाई औपचारिकता दिन सचिवालयको बैठक बस्ने नेकपाका एक नेताले बताए। सचिवालय बैठक पनि आजै बस्ने सम्भावना छ।

याे पनि:
सोमबार सभामुख चयन प्रक्रिया शुरु हुन्छ: महासचिव पौडेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .