ad ad

समाज


सपरिवार त्रिशूलीमा हामफालेर बचेका विनय भन्छन् : बिजिनेसमा घाटा भएपछि मर्ने निर्णय गरेका हौं

सपरिवार त्रिशूलीमा हामफालेर बचेका विनय भन्छन् : बिजिनेसमा घाटा भएपछि मर्ने निर्णय गरेका हौं

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ४:५,

धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट बिहीबार साँझ दुई बच्चा र श्रीमतीसहित हामफालेर पनि बच्न सफल व्यक्तिले बिजिनेसमा घाटा भएपछि सपरिवार मर्ने निर्णय गरेर त्रिशूलीमा हाम फालेको बताएका छन्।

६ महिना र २ वर्षका दुई छोरा तथा श्रीमतीसहित त्रिशूलीमा हामफालेका काठमाडौंको चन्द्रागिरि नगरपालिका नगरपालिका-५ निवासी विनय लामिछानेले प्रहरीसमक्ष यस्तो बताएका हुन्। 

बिहीबार साँझ हामफालेका उनीहरूमध्ये २८ वर्षीया श्रीमती जमुना रेग्मी बिहीबारै मृत अवस्थामा फेला परेकी छन् भने दुई बच्चा नदीमा हराइरहेका छन्। विनयलाई भने सकुशल उद्धार गरिएको हो।

प्रहरीका अनुसार जमुनाकाे माइतीतर्फकाे थर रेग्मी हाे भने श्रीमान् विनयकाे थर लामिछाने हाे। 

अहिले गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

‘उनको(विनय लामिछाने) थानकोटस्थित डेरामा सुसाइड नोट पनि फेला परेको खबर आएको छ,’ शुक्रबार बिहान एसपी रेग्मीले नेपालखबरलाई भने, ‘हामी थानकोट प्रहरीसँग समन्वय गरिरहेका छौं।’

एसपी रेग्मीका अनुसार सुसाइड नोटमा उनले कमोडिटी अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरेका छन्। ‘यो मलाई आएको प्रारम्भिक रिपोर्ट हो,’ उनले भने, ‘यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।’

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काले भनि थानकोटस्थित लामिछानेको डेराबाट सुसाइड नोट फेला परेको पुष्टि गरेका छन्। ‘उनको धेरै लोन थियो थियो रे, त्यही कारण...,’ डीएसपी खड्काले नेपालखबरसँग भने, ‘अहिले अनुसन्धान जारी छ, विस्तृत कुरा पछि गरौंला।’

अहिले वर्षा भइरहेकाे तथा त्रिशूली नदीको पानी धमिलो भएकाले दुई बच्चाको खोजी गर्न गाह्रो भइरहेको एसपी रेग्मीले जानकारी दिए।

‘म अहिले घटनास्थलमै छु,’ एसपमी रेग्मीले टेलिफाेनमा नेपालखबरसँग भने, ‘स्थानीयको भनाइअनुसार हिउँदको पानी (नदी)ले धेरै टाढा पुर्‍याएको छैन होला, यतैकतै ती बच्चा भेटिएलान्।’

याे पनि : दुई बच्चासहित श्रीमान्-श्रीमती नै त्रिशूलीमा हामफाले, महिला मृत फेला

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .