ad ad

राजनीति


प्रधानमन्त्रीको आग्रहमा २ घण्टालाई सारियो प्रतिनिधि सभाको बैठक

प्रधानमन्त्रीको आग्रहमा २ घण्टालाई सारियो प्रतिनिधि सभाको बैठक

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १२:५१, काठमाडौँ

आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक २ घण्टाका लागि सारिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि पूर्वनिर्धारित बैठक २ घण्टा सारेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। 

प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठक सार्न आग्रह गरेका 

त्यसक्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना पनि दिएका छन्। 

संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीच संवाद भएको छ।

यसैबी सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच वार्ता  भइरहेको छ। 

उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइदिएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्। 

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीयमूलका नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको बताएका थिए।  

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध जारी राखेको छ। त्यहीकारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सोमबार दिउँसोसम्मलाई स्थगित गरेका छन्। 

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्‍को गतिरोध नहटाउने अडान लिएको छ। एमालेको अडानका कारण संसद्‍ अघि बढ्न सकेका छैनन्। 

एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन। यस्तोमा तीन शीर्ष नेताबीचको संवादले केही निकास दिन सक्ने अनुमान गरिएको छ। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .