ad ad

राजनीति


प्रधानमन्त्रीको राजीनामाबाट पछि हटेन एमाले, संसद् बैठक बस्दै नबसी स्थगित

प्रधानमन्त्रीको राजीनामाबाट पछि हटेन एमाले, संसद् बैठक बस्दै नबसी स्थगित

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १५:३२, काठमाडौँ

यही सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह नामका व्यक्ति पटक पटक दिल्ली धाएको बताएपछि उत्पन्न विवादले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन। 

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान नछाडेपछि बैठक बस्दै नबसी स्थगित भएको हो। 

कार्यव्यवस्था बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिने र संसद्‍ खोल्ने बताए पनि एमालेले नमानेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालखबरलाई जानकारी दिए।

‘एमालेले प्रधानमन्त्रीको राजीनामा हुनुपर्ने अडानबाट पछि हटेन’, उनले भने, ‘संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिने भन्दा पनि एमाले तयार भएन। आइतबार १ बजेसम्म बैठक स्थगित गरियो।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र नागरिक उन्मुक्तिका प्रमुख सचेतक अरुणकुमार चौधरीले प्रधानमन्त्रीले जवाफ दिने भनिसकेपछि संसद्को अवरोध हटाउनुपर्ने कुरा राखेका थिए। 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीचको सहमति खोजेका थिए।

तर सत्ता र प्रतिपक्षबीच सहमतिको वातावरण नबनेपछि बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोधलाई निरन्तरता दिने बताएपछि बैठक अब दुई दिनलाई स्थगित भएको छ। 

‘शुक्रबार ३ बजे बस्ने गरी तोकिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक असार २४ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको छ’, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .