ad ad

राजनीति


एमाले सांसदको गुनासो- ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा पर्याप्त बजेट भएन

एमाले सांसदको गुनासो- ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा पर्याप्त बजेट भएन

नेपालखबर
असार १८, २०८० सोमबार १५:१२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छिन्। 

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्। 

‘संघीयतालाई सरकारले किन उपेक्षा गरिरहेको छ? त्यसैले त आज संघीयताप्रति धेरै वितृष्णा बढिरहेको छ। सरकारका यस्तै हर्कतले गर्दा यस्तो भएको हो। सरकारले यस्तो हर्कतले नै जनतामा संघीयताप्रति वितृष्णा बढिरहेको छ। चालु आर्थिक वर्षमा महिला, बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा जति बजेट विनियोजन भयो,’ उनले भनिन्।

सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दावी गरिन्। 

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पूँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्। 

‘४० प्रतिशत पनि खर्च गर्न सकिराखेका छैनन्। त्यसमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत पूँजीगततर्फ १० दशमलव ९ प्रतिशत मात्रै खर्च भएको छ। यस्तो किन हुने गर्छ? किन यति मात्रै खर्च भयो,’ उनले भनिन्।

उनले सो बारेमा प्रष्ट पार्न सम्बन्धित मन्त्रीलाई आग्रह गरिन्।

‘त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छ । बजेट पनि विनियोजन गरिएको छ। तर यो कार्यक्रम अन्तरगत पर्याप्त बजेट विनियोजना गरिएको छैन,’ उनले भनिन्, ‘त्यसैले म फेरी पनि जोड दिएर भन्न चाहन्छु–महिलाहरुलाई आत्मनिर्भर बनून भन्नेतर्फ यो सरकारले ध्यान दिएको छैन।’

सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भईरहेको आरोप समेत लगाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .