ad ad

राजनीति


भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमोटेजस्तो गर्छु भनेजस्तो हो- केसी

भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमोटेजस्तो गर्छु भनेजस्तो हो- केसी

नेपालखबर
असार १२, २०८० मंगलबार १९:५७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गरे। 

उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भएपनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताए। 

उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उनले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए।

‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन्। अलिअलि गरेजस्तो देखाउने एउटा कुरा हो, के गरी गर्लान्?,’ उनले भने, ‘मलाई विश्वास लाग्दैन। भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो। भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ। गणतन्त्रप्रति जनताको आस्था घटेको छ। तँ रोए जस्तो गर्, मैले चिमोटेजस्तो गर्छु, भन्नेकुरा पहिलाको सरकारले पनि गर्थे, अहिले पनि हुन्छन्, ठूला ठूला भ्रष्टाचार नेपालमा भइरहेका छन्, भ्रष्टाचारका फाइलखोलिनुपर्छ।’ 

अध्यक्ष केसीले नेपालमा ठूला ठूला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .