ad ad

राजनीति


उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार २०:६, काठमाडौँ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदैछन्। सात सदस्यीय प्रतिनिधिमण्डलसहित आज(मंगलबार)देखि पाँचदिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहने उनको सचिवालयले जनाएको छ।

मंगलबार राती ११ः२० को उडानमार्फत छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भई बुधबार उहाँ ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुने बताइएको छ। 

उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन्।

सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सरिक हुनेछन्।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन् भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन्।

त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन्। 

दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन्।

शनिबार बिहान उनले भुकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन्।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११स्१० बजे उहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछन्।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव  सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .