ad ad

राजनीति


कतिपय अस्पतालले नवीकरण नगर्दा स्वास्थ्य बीमा सञ्चालन गर्न सकिएन : मन्त्री बस्नेत

कतिपय अस्पतालले नवीकरण नगर्दा स्वास्थ्य बीमा सञ्चालन गर्न सकिएन : मन्त्री बस्नेत

नेपालखबर
असार ११, २०८० सोमबार १६:१५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पारे।

सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन्। मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भइरहेको समेत बताए।

उनले भने, ‘७० लाख नागरिक बीमामा आवद्ध छन्। ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो। र, यो बीमा बुझ्ने सम्बन्धमा अनलाइन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो। जनताका लागि यो धेरै ठूलो सेवा हो। तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाहिँ तयार भइरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ।’

मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .