ad ad

राजनीति


भारतीय संसद्‌मा राखिएको नक्सा राजनीतिक विषय होइन भन्ने जवाफ आयो - परराष्ट्रमन्त्री

भारतीय संसद्‌मा राखिएको नक्सा राजनीतिक विषय होइन भन्ने जवाफ आयो - परराष्ट्रमन्त्री

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १६:२१, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले लुम्बिनी, कपिलवस्तु र जनकपुरलाई समेटेर भारतको नवनिर्मित संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिको तस्बिरबारे सरकारको ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए। उनले यस विषयमा भारतसँग पनि कुरा भएको र त्यो राजनीतिक विषय नभएको जवाफ आएको बताए।

'भारतीय संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिबारे सरकारको ध्यानाकर्षण भएको छ, त्यसमा सम्राट अशोकको समयमा उनको राज्यको फैलावट जनाइएको र त्यो राजनीततिक विषय नरहेको आधिकारिक धारणा भारतीय विदेशमन्त्रीबाट आइसकेको छ,' उनले भने।

उनले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँदिल्ली स्थित नेपाली राजदूतावासमा निर्देशन दिइएको पनि बताए। नेपालको एक इन्च जमिन अततिक्रमण हुन नदिन आफूहरू प्रतिवद्ध रहेको उनको भनाइ थियो।

यसैगरी उनले सन् १९५० को सन्धी, सीमासम्बन्धी विषयलगायत दुई पक्षीय सम्बन्धको समग्र अध्ययनका लागि सन् २०१६ मा गठन भएको नेपाल भारत प्रबुद्ध समूहले बनाएको प्रतिवेदन भारतले बुझ्ने प्रतिवद्धता पनि गरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा कूटनीतिक रूपमा सीमा समस्या समाधान गर्न छलफल भएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .