ad ad

राजनीति


नर्सलाई अस्ट्रेलिया र यूकेका लागि बाटो खुलेको छ, नेपालमा कसरी राख्ने ? - सांसद श्रेष्ठ

नर्सलाई अस्ट्रेलिया र यूकेका लागि बाटो खुलेको छ, नेपालमा कसरी राख्ने ? - सांसद श्रेष्ठ

नेपालखबर
असार ११, २०८० सोमबार १५:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पछिल्लो समय नर्सहरू बाहिरिरहेको अवस्था कहालिलाग्दो भएको बताएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले अस्ट्रेलिया र यूकेका लागि नर्सलाई बाटो खुलेको बताइन्। जसकारण नर्सहरू बाहिरिरहेकोले नेपालमा आवश्यक संख्यामा नर्स नहुने अवस्था आएको बताइन्।

उनले नेपालमै नर्सलाई रोक्न सरकारले अपनाइरहेको रणनीतिबारे सरकारलाई प्रश्न सोधेकी छन्।

'एकदम कहालिलाग्दो नर्सहरूका लागि अस्ट्रेलिया जाने पनि बाटो खुलेको छ र युके जान पनि बाटो खुलेको छ,' उनले प्रश्न गरिन्, 'हामीलाई पुग्ने नर्सहरू कसरी उत्पादन गर्ने र राख्ने रणनीति के छ?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .