ad ad

कर्णाली


सुर्खेतका स्थानीय तहले ल्याए ८ अर्ब २७ करोड बढीको बजेट

सुर्खेतका स्थानीय तहले ल्याए ८ अर्ब २७ करोड बढीको बजेट

नेपालखबर
असार ११, २०८० सोमबार १५:३९, सुर्खेत

सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गरेका छन्।

९ वटै स्थानीय तहले कुल ८ अर्ब २७ करोड ८५ लाख ५५ हजार ८७४ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छन्।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै बजेट ल्याएको छ। वीरेन्द्रनगरले ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय बराबरको बजेट विनियोजन गरेको छ।

जसमा पुँजीगततर्फ १ अर्ब २५ करोड ८९ लाख ९० हजार र चालुतर्फ १ अर्ब ७३ करोड ८४ लाख १९ हजार रहेको छ। चालु आर्थिक वर्षमा वीरेन्द्रनगरले कुल १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको थियो।

त्यस्तै गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१ लाख १५ हजार ७५६ को बजेट ल्याएको छ। चालु आर्थिक वर्षका लागि गुर्भाकोटले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको थियो।

लेकवेशी नगरपालिकाले ६६ करोड ८१ लाख ७३ हजार ७६५ रुपैयाँ बराबरको बजेट ल्याएको छ, जसमा पुँजीगततर्फ १८ करोड २५ लाख ८ हजार ५६१ र चालुतर्फ ४४ करोड ६३ लाख ६९ हजार बजेट विनियोजना गरेको छ।

भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार १३९ रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा भेरीगंगाले १ करोड ४१ लख ७० हजार ३६० रुपैयाँले बढी बजेट ल्याएको हो। चालु आर्थिक वर्षमा भेरीगंगाले ६७ करोड ५ लाख सातसय ७९ रुपैयाँको बजेट ल्याएको थियो ।

पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार ६ सय २९ रुपैयाँ बराबरको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाख १ हजारको बजेट विनियोजन गरेको छ।

त्यस्तै, चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ६७ हजार २८ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको बराहताल गाउँपालिकाले पुँजीगततर्फ २५ करोड २ लाख ७३ हजार र चालुतर्फ ३४ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा बराहतालले ६२ करोड ७१ लाख ८ हजार ६ सय २३ रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

चिङ्गाड गाउँपालिकाले कुल ४० करोड ४६ लाख ३६ हजार २४० रुपैयाँ बराबरको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ २६ करोड ९१ लाख १५ हजार र पुँजीगततर्फ १३ करोड ५३ लाख ८८ हजार २४० रुपैयाँ विनियोजन गरेको छ।

कुल ५८ करोड १७ लाख ७० हजार ३५० रुपैयाँको बजेट ल्याएको सिम्ता गाउँपालिकाले पनि चालु आर्थिक वर्षभन्दा १ करोड ७७ हजार ६३ हजार ६५० रुपैयाँले कम बजेट ल्याएको छ। सिम्ताले चालु आर्थिक वर्षमा ५९ करोड ९५ लाख ३४ हजारको बजेट ल्याएको थियो।

समग्रमा चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट बढाएर ल्याएका छन्। आर्थिक वर्ष २०७९/०८० लागि सुर्खेतका स्थानीय तहले कुल ७ अर्ब ३८ करोड ८९ लाख ७ हजार ४५० रुपैयाँ बराबरको बजेट ल्याएका थिए।

स्थानीय तहले विषेश गरेर शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट फोकस गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .