राजनीति


चुनावमा अन्तर्घात गरेको भन्दै जसपाका ५ केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

चुनावमा अन्तर्घात गरेको भन्दै जसपाका ५ केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

नेपालखबर
असार ९, २०८० शनिबार १८:३५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गरेको आरोपमा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट कारबाही गरेको छ। 

शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।

बैठकले पार्टीको विधान मस्यौदा अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी प्रचार विभागले जनाएको छ।

त्यस्तै, शनिबार दिउँसो बसेको बैठकले सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad