राजनीति


ठीक ढंगले गएन भने गठबन्धन बदलिन्छ, नयाँ सरकार बन्छ : गगन थापा

ठीक ढंगले गएन भने गठबन्धन बदलिन्छ, नयाँ सरकार बन्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८० शनिबार १२:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने संकेत गरेका छन्। 

शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका हुन्। 

‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो’, उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’

थापाले थपे, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने?’

प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता थापाको यस्तो अभिव्यक्ति त्यसबेला आएको छ, जतिबेला नयाँ गठबन्धन निर्माणका लागि एमाले र कांग्रेसका दोस्रो तहका नेता संवादमा छन् भन्ने चर्चा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .