ad ad

राजनीति


सेनाको संख्याबारे राष्ट्रिय सहमति हुनुपर्ने एमाले सांसद तामाङको माग

सेनाको संख्याबारे राष्ट्रिय सहमति हुनुपर्ने एमाले सांसद तामाङको माग

नेपालखबर
असार ८, २०८० शुक्रबार २२:२, काठमाडौँ

प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङले नेपाल एयरलाइन्सको प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै सांसद तामाङले नेपाल एयरलाइन्सलाई सुधार गर्नको लागि योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने धारणा राखेका हुन्।

पछिल्लो समय नेपाल एयरलायन्सको नेतृत्वका कारण एयरलाइन्स समस्यामा पर्दै गएपछि सांसद तामाङले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखेका हुन्। 

उनले नेपाल एयरलायन्स आर्थिक रुपमा नाजुक अवस्थामा पुगेको बेला पर्यटनमन्त्रीले ४०/५० जना कर्मचारी करारमा नियुक्त्ति गर्नु गलत भएको पनि बताए। सांसद तामाङले पर्यटन मन्त्रालयले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै योजना नल्याएको भन्दै विरोध समेत जनाए। 

उनले पर्यटनमन्त्रीको आफ्नो एक दुई वडामा जति पनि उनको मन्त्रालयले सुदुरपश्चिममा बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन्।

बीओपीलाई व्यवस्थित बनाउन माग
सुरक्षा निकायका कर्मचारीमा समेत सरकारले विभेद गरेको भन्दै सांसद तामाङले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरकारले खानाको दररेटमा एकरुपता ल्याउन सुझाव दिए। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको अवस्था दयनिय भएको भन्दै उनले बीओपीलाई व्यवस्थित बनाउन सरकारको ध्यानआकर्षण गरेका छन्। 

सेनाको संख्याबारे राष्ट्रिय सहमति आवश्यक 
एमाले सांसद तामाङले नेपाली सेना देशको गौरव गर्न लायक संस्था भएको भन्दै उनले यसको संख्याको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेकोले यस बारेमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखे।

तामाङले संसद बैठकमा बोल्दै भने ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुपुर्व सेनाको संख्या १० हजार भए हुन्छ किन यति ठूलो सेना चाहियो भन्ने अभिव्यक्ति दिनुहुन्थ्यो। त्यसैले उहां अहिले प्रधानमन्त्री हुँदा यो विषय उठेको हुनसक्छ। हैन भने यसको विषयमा गैरजिम्मेवार हिसावले बोल्नु हुंदैन। सेनाको संख्याबारे हामिले राष्ट्रिय सहमति गर्न आवश्यक भइसकेको छ।’ 

उनले नेपाली सेनालाई समेत अहिलेको समयअनुकुल चल्न सुझाव दिए। सैनिक नेतृत्वले समेत सेनाका सबै सदस्यहरुलाई अभिवाकत्व प्रदान गर्नुपर्ने भन्दै उनले सेनाभित्रका गलत विषयको संसदमा आवाज उठनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .