ad ad

राजनीति


माधव नेपालप्रति झलनाथको कटाक्ष : दुईजनालाई मन्त्री बनाएर क्रान्ति अघि बढ्न सक्दैन

माधव नेपालप्रति झलनाथको कटाक्ष : दुईजनालाई मन्त्री बनाएर क्रान्ति अघि बढ्न सक्दैन

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार १८:३६, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।  

उले पार्टी बनाउन श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए। 

उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै, समाजको ठोस वर्ग विश्लेषण गर्दै जानुपर्ने बताए। खनालले अन्तरविरोध र प्रधान शत्रुको सही पहिचान गर्दै दलाल पुँजीवादविरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए। 

उनले नेकपा एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे। खनालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए। 

खनालले समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए। पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको दाबी गरे। 

‘हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ। पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो’, उनले भने, ‘महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ। महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ। हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन्। हामी पार्टी निर्माणको चरणमा छौँ। यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एटम बन्नुपर्छ। अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ। त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन। त्यस्तै माओवादीभित्र छ। अहिले मोर्चा भएकाले धेरै आलोचना गर्दिनँ। नेपाली समाजमा संकट नै संकटको श्रृंखला छ, राजनीतिक संकट, दिशाहीनता, खिचडी सरकार बनाएर जान बाध्य छौँ। न क्रान्तिकारी कार्यक्रम बनाउन सक्छौँ। राजनीतिक दिशा कता जाने अन्योल देखिएको छ। आर्थिक क्षमता कमजोर बन्दैछ।’

पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका  अवशेषहरु समाजमा व्याप्त रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .