ad ad

राजनीति


रुसले भन्योः चीनलाई एक्ल्याउन इन्डो–प्यासिफिक रणनीति ल्याइयो

रुसले भन्योः चीनलाई एक्ल्याउन इन्डो–प्यासिफिक रणनीति ल्याइयो

नेपालखबर
माघ १, २०७६ बुधबार ९:१५,

बुधबार भारतको राजधानी दिल्लीमा आयोजित विश्व सम्मेलनमा बोल्दै रुसका परराष्ट्रमन्त्री सर्गी लाभरोभले इन्डो–प्यासिफिक रणनीतिको आलोचना गरे।

लाभरोभका अनुसार एसिया–प्यासिफिक सहयोग हालसम्म दक्षिणपूर्वी एसियामा केन्द्रित थियो तर अमेरिका, जापानले इन्डो–प्यासिफिकको अवधारणा धकेलेर एसिया–प्यासिफिक सहयोगको संरचनालाई भत्काउने खोजेको आरोप लगाए।

उनले भने,‘एसिया–प्यासिफिकलाई किन इन्डो–प्यासिफिक भन्ने? यसको उत्तर जगजाहेर छ कि यो रणनीति चीनलाई घेर्न र एक्ल्याउन ल्याइएको हो।’

लाभरोभका अनुसार शब्दावली विभेदकारी नभएर एकतावद्ध गर्ने हुनुपर्छ।

इन्डो–प्यासिफिकले सार्वभौमिकता, पारदर्शीता, सुशासन र नियममा आधारित व्यवस्थालाई समर्थन गर्ने बताए पनि यस रणनीतिमार्फत अमेरिका आफ्नो विचार प्रचार गर्न चाहने लाभरोभको आरोप छ।

लाभरोभले भने,‘अमेरिका भन्छ कि इन्डो–प्यासिफिकले सार्वभौमिकता, पारदर्शिता, सुशासन र नियममा आधारित व्यवस्थालाई समर्थन गर्दछ। तर अमेरिका यस रणनीति प्रयोग गरेर चीनको पछाडिको क्षेत्र र पूर्वी एशियाको अर्थव्यवस्था भन्दा पर हिन्द महासागरसम्म पुगेर आफ्नो विचार फैलाउन चाहन्छ।’ वासिङ्टन पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .