ad ad

कारोबार


फोनपेले ल्यायो आकर्षक उपहार योजना

फोनपेले ल्यायो आकर्षक उपहार योजना

नेपालखबर
माघ १, २०७६ बुधबार ९:१५,

फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ।

अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो। फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन्।

लक्की ड्र मार्फत विजेता सार्बजनिक गरिनेछ। यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुनेछ। विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ। दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन्।

यस्तै हरेक हप्ता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन्। यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन्।

दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन्। उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ। यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन्।

यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन्। फोनपेका हाल ७५ हजार भन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन्।

फोनपेले सदस्य बैंक तथा वित्तीय संस्था मार्फत थप नेटवर्क बिस्तार गर्दै लगिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .