ad ad

राजनीति


प्रेम चलाउनेको मुद्दा फिर्ताविरुद्धको रिट मनोजकुमार शर्माको इजलासमा

प्रेम चलाउनेको मुद्दा फिर्ताविरुद्धको रिट मनोजकुमार शर्माको इजलासमा

नेपालखबर
असार ७, २०८० बिहिबार ११:५७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत काठमाडौं र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई विपक्षी बनाइ दायर गरिएको उक्त रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ।

रिटमा नेविसंघ त्रिवि इकाइ अध्यक्ष हरि आचार्यसहित योगेन्द्र बहादुर रावल, रुपेश शाह , रविन कुमार लामा , सयुज श्रेष्ठ र दीपकराज ओझालाई प्रतिवादी बनाइएको छ।

चलाउनेलाई २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। 

उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो। तर सरकारले गत जेठ ३० गतेको मन्त्रिपरिषद्‌को बैठकमार्फत् उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। 

उपप्रध्यापक चलाउनेले बुधबार सरकारको मुद्दा फिर्ता लिने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .