ad ad

राजनीति


पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सबै पक्ष जागरुक बनौं : अध्यक्ष तिमिल्सिना

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सबै पक्ष जागरुक बनौं : अध्यक्ष तिमिल्सिना

नेपालखबर
असार ६, २०८० बुधबार १२:५६, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताएका छन्। 

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवद्र्धन हुने उनले बताए। उनले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे। 

पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उनले उल्लेख गरे। 

भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने पनि उनले बताए। उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने पनि बताए। 

उनले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदाविना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको पनि बताए।

‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ। आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन,’ उनले भने, ‘आजको खुशीयाली धेरै टिक्दैन। यो खुशीयालीलाई सधैँ कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले सबैले साझा प्रयत्न गरौँ। कान ढालेर बसेर हुँदैन। हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन।’

उनले भारतसँग खुला सीमानाजस्तै आका पनि त्यतिकै खुला र निर्वाध हुनपर्ने बताए। 

‘पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सीमाना छ। खुला सीमानामा आवतजावत गरेका छौं। आकाश पनि त्यत्तिकै खुला र निर्वाध ढंगले आवतजावत भइदियो भने अरु विमानहरु आउने रुटहरु खुला हुन्छ,’ उनले भने, ‘त्यसतिर हाम्रो ध्यान जानुपर्छ। कुनैपनि देशका कुनैपनि कम्पनीका एयरलाइन्सहरु घाटामा उडिरहँदैनन्। उसलाई नाफा हुनुपर्छ। त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ।’

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .