राजनीति


कांग्रेस–एमाले समीकरणको सरकार बन्ने सम्भावना छैन : माधव सापकोटा

कांग्रेस–एमाले समीकरणको सरकार बन्ने सम्भावना छैन : माधव सापकोटा

नेपालखबर
असार ५, २०८० मंगलबार १८:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र काँग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन्। 

उनले अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए। 

‘हामीले हिजो जुन नेकपा बनायौँ, त्यो नेकपा रक्षा गर्न सक्नुपर्दथ्यो। त्यसको रक्षा हुन सकेन। त्यसको शिक्षा लिएर अहिलेका काम कारबाहीहरुलाई प्रभावकारी रुपमा सम्पादन गर्ने र समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो मोर्चा बनेको छ,’ उनले भने।

उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए। समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको बताए।

‘कांग्रेस एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन। अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र उहाँहरुले नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन,’ उनले भने, ‘यसमा कोही तर्सिन जरुरी छैन। समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित हो।’

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .