ad ad

बागमती


वनकरियालाई गाउँपालिकाले दियो पाडी

वनकरियालाई गाउँपालिकाले दियो पाडी

वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी


नेपालखबर
असार ५, २०८० मंगलबार १८:५६, मनहरि

मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरेको छ। 

मनहरि गाउँपालिका-४ मा बसोबासरत नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरिएको हो।

सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ दिइएको बताइन्। 

उनले  सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभई उनीहरुलाई आयआर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताइन्। गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो।

वितरण पश्चात् वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातिमा आत्मनिर्भर हुने बाटो रहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .