ad ad

राजनीति


राजा मुस्कुराएर हामीलाई पर्खिरहेका छन् : शेखर कोइराला

राजा मुस्कुराएर हामीलाई पर्खिरहेका छन् : शेखर कोइराला

नेपालखबर
असार २, २०८० शनिबार ११:१५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको दाबी गरेका छन्। 

आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले उन (डा. कोइराला) को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

अनुमति लिएर सार्वजनिक गरिएको डा. कोइरालाको भनाइलाई उनले आफ्नो विचारसँग मेल खाएको भनी जिकिर गरेका छन्। उनले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन्। 

‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् ‘राजा’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधेँ– ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ उहाँले भन्नुभयो– किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’

उक्त पुस्तकमा मिश्रले मुलुकमा राजतन्त्र आवश्यक भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .