अभिभावक गुमाएका बालबालिकाले समाजमा सम्मानका साथ बाच्न पाउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन्।
आज बिहान ललितपुरस्थित गोदावरी( १४, बाँडेगाउँमा रहेको श्री मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरको उद्घाटन गर्दै अभिभावक गुमाएका बालकालिकालाई समाजले हेयका नजरले भन्दा पनि समान्न र माया दिनु पर्ने कुरामा मन्त्री आर्चायले जोड दिए।
अभिाभावकहरू गुमाएर वा जन्मजात नै अनाथ बनेका बालबालिकाहरुका हक र हितका लागि खोलिएका अनाथालयहरुलाई पनि सरकारले सहयोग गर्नु पर्ने बन्त्री अचार्य बताउँछन्।
‘आमा– बुवा नभएका अनाथ तथा आधारभूत आवश्यकतावाट वञ्चित नेपालभरीका बालवालिकाहरूलाई निःशुल्क गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्ने मूल उद्देश्य लिएर खोलिएको श्री मामाघर जस्ता नेपालभर रहेका अनाथालयहरुलाई सक्दो सहयोग गर्न पर्छ ,’ उनले भने।
Shares

प्रतिक्रिया