राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ९:४५, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो।

सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठक। तस्बिर : प्रदीपराज वन्त
 

आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ। 

स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ। 

‘वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ’, मन्त्रिपरिषद् स्रोतले नेपालखबरसँग भन्यो, ‘वैरागीले न्युयोर्कका लागि राजदूत बन्ने चाहना देखाएका छन्।’

उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव र वैरागी राजदूत बन्ने ‘कन्फर्म’ भएको स्रोतको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .