ad ad

समाज


सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको दाबी- ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएँ

सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको दाबी- ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएँ

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्की। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १०:१, काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको दाबी गरेका छन्।

बिहीबार बिहान संसदीय सुनुवाइ विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै कार्कीले गोलाप्रथा लागू भएपछि न्यायिक विचलन रोकिएको दाबी गरेका हुन्। 

उनले भनेका छन्, ‘गोलप्रथा लागू भएपछि धेरै सिनियर कानुन व्यवसायीसँग छलफल गरेँ। देशभरका न्यायलमा पनि बुझेँ, न्यायिक विचलनको अवस्था छ कि छैन भन्दा ६० प्रतिशतभन्दा बढी घटाउन सफल भएका छौँ।’

संसदीय सुनुवाइ समितिले उनीविरुद्ध परेका उजुरीमा स्पष्टीकरण तथा कार्ययोजना लिन कार्कीलाई आज समितिमा उपस्थित गराएको हो। 

संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।

कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ।

अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .