राजनीति


सत्ता गठबन्धनका शक्तिहरू मिल्नुको विकल्प छैन : माधव नेपाल

सत्ता गठबन्धनका शक्तिहरू मिल्नुको विकल्प छैन : माधव नेपाल

नेपालखबर
जेठ २९, २०८० सोमबार १७:४२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। 

सोबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको पनि उनले बताए। 

‘अहिले हामी गठबन्धनमा सामेल छौँ। गठबन्धनका घटकहरूकाबीचमा धाराहरूमा केही केही मतान्तर पनि हुनसक्ला। तर म यसो हेर्दैछु, एउटा
सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ,’ नेपालले भने, ‘सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन्।’

अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउँदै उनले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरू र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरू रहेको जिकिर गरे।

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे। उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताए।

‘अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन। कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो,’ उनले भने, ‘कमजोरीप्रति आँखा चिम्लिने पनि होइन। त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। 

आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .