समाज


विघटित तीन जिल्लाको नेतृत्व छान्न राप्रपाले खोल्यो अनलाइन आवेदन

विघटित तीन जिल्लाको नेतृत्व छान्न राप्रपाले खोल्यो अनलाइन आवेदन

नेपालखबर
जेठ २९, २०८० सोमबार १७:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै विघटन गरेको तीन जिल्लामा नयाँ संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ।

पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निष्कृय, विवादित र गतिविधि शुन्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो। 

विघटन भएका पार्टीको ती तीन जिल्लाको नेतृत्व गर्न पार्टीभित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभएपनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुल्ला गरेको हो।

नवीन राप्रपा निर्माण गर्ने हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको र राप्रपाको इतिहासमा यस्तो अभ्यास पहिलोपटक गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन्। 

अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिङ्ग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाइ कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .