राजनीति


रास्वपाका हामी २१ सांसद बाहुबली हौँ : रवि लामिछाने

रास्वपाका हामी २१ सांसद बाहुबली हौँ : रवि लामिछाने

नेपालखबर
जेठ २७, २०८० शनिबार १२:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलको उपस्थितिमा संसद्‌बाट कुनै पनि राष्ट्रघाती काम हुन नदिने बताएका छन्।

शनिबार बुद्धनगरमा अर्घाखाँची-काठमाडौं सम्पर्क भेलामा उनले संघीय संसद्‌मा रास्वपाका २१ सांसद भएको र पहरेदारीका लागि यति प्रर्याप्त भएको बताए। उनले रास्वपाका २१ जनै सांसद बाहुबली भएको बताए।

'संघीय संसद्‌मा हामी २१ जना छौँ। बलियो प्रतिपक्ष बन्नका लागि हामी प्रर्याप्त छौँ, कुनै पनि राष्ट्रघाती काम हाम्रो उपस्थितिमा हमी हुन दिन्नौँ,'' उनले भने, 'त्यो पहरेदारका लागि हामी २१ जाना प्रर्याप्त छौँ, लौ बाहुबली नै हौँ हामी २१ जना।'

उनले अब स्थानीयदेखि वडा-वडासम्म घण्टी बजाउनुपर्ने र घण्टी बजे मात्रै परिवर्तन सम्भव भएको बताए। स्थानीय, पालिका र केन्द्रसम्म दक्ष उम्मेदवार उठाउने उनको भनाइ थियो।

पार्टीमा सबै दलका परिवर्तन चाहने व्यक्तिलाई स्वागत भएको बताउँदै उनले घण्टी बजाएर ठेक्कापट्टा पाइहालिन्छ कि सोचेर आएकाका लागि रास्वपा नभएको बताए।

'पार्टीमा जोडिएर एउटा पद लिएर कतै पुगौँला सोचेर हामी आएका होइनौँ,' उनले भने, 'गलत भावना लिएर, राजदूत पाइहालिन्छ कि, कुनै संस्थामा जीएम/डीजी पाइहालिन्छ कि, मान्छे आफ्ना राख्न पाइन्छ कि, कर्मचारी-पेशागत संगठन बनाउन पाइहालिन्छ कि। घण्टी बजाउँदै ठेक्कापट्टा पाइहालिन्छ कि भन्ने सोचेर आउनुभएको छ भने म विनम्र अनुरोध गर्दछु।'

रास्वपाबाट पनि तिनै विकृति भए नेपाली जनताको आशा मर्ने बताउँदै उनले पवित्र भावनाले पार्टीमा आवद्ध हुन अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad