जनता समाजवादी पार्टी (जसपा) ले आगामी शनिबार (जेठ २७) का लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक डाकिएको हो।
बैठक आगामी शनिबार पार्टी कार्यालय (बालकुमारी) मा दिउँसो १ बजे सुरु गरिने उनले जानकारी दिए।
123
Shares
प्रतिक्रिया