ad ad

राजनीति


संसद्‍मा केपी ओली : धान, गहुँ बढाउने योजना छैन, किन चाहियो गाँजा खेती?

संसद्‍मा केपी ओली : धान, गहुँ बढाउने योजना छैन, किन चाहियो गाँजा खेती?

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार १५:६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर बहकिन थालेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्। 

उनले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताए। ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने’, उनले भने, ‘कसले गर्न खोजिरहेको छ यो गाँजा खेती? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

उनले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाए। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .