ad ad

राजनीति


संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १०:१६, काठमाडौँ

संसद्को अवरोध खुलाउन सभामुखले केही बेरमा बानेश्वरमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्। 

नेकपा एमालेलगायत प्रतिपक्षी दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा गएर अतिक्रमित भूमि साटफेर गर्न सकिने अभिव्यक्ति दिएको विरोधमा नाराबाजी गरेपछि आइतबार सुरु हुनासाथ दुवै सदनका बैठक स्थगन भए। उक्त बैठक पुनः आज राख्ने तयारी छ।

आइतबार स्थगित दुवै सदनका बैठक आज बस्दै, प्रतिपक्षीले चल्न देलान् संसद्?

तर प्रतिपक्षी दलले आफ्नो अडान कायमै राखेकाले आज संसद् चल्ने सम्भावना नदेखिएपछि सभामुख देवराज घिमिरले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।  

प्रधानमन्त्री प्रचण्डले पनि आज संसद् बैठकको सुरुमै आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .