ad ad

राजनीति


डोनाल्ड ट्रम्पले फारसी भाषामा ट्वीट गर्दै इरानलाई भनेः आफ्ना नागरिकको हत्या नगर

डोनाल्ड ट्रम्पले फारसी भाषामा ट्वीट गर्दै इरानलाई भनेः आफ्ना नागरिकको हत्या नगर

नेपालखबर
पुस २८, २०७६ सोमबार ७:९,

उक्त दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिकको मृत्यु भएको थियो। इरानको ८२ नागरिकको मृत्यु भएको थियो।

सुरुवातमा इन्जिन विग्रिएका कारण विमान दुर्घटनामा परेको इरानले प्रतिक्रिया जनाएको थियो। इरानले आफूले विमानलाई कुनै नोक्सानी नगरेको बताएको थियो।

तर अन्ततः इरानले आफ्नै क्षेप्यास्त्र आक्रमणले युक्रेनको विमान दुर्घटनामा परेको स्वीकार गरेपछि इरानका नागरिकहरु सरकारविरद्ध आन्दोलित बनेका हुन्।

उनीहरुले सरकारले आफूहरुलाई झूट बोलेर झुक्याएको भन्दै आन्दोलन गरिरहेका छन्। शनिबार देखि आन्दोलन चर्किदै गएको छ।

आइतबार राति पनि राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयतुला अली खामनेइविरुद्ध नारा लगाएको बीबीसीले जनाएको छ।

त्यस क्रममा उनीहरूले राजधानी तेहरानमा गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।

इरानी सुरक्षाकर्मीले कैयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीले विरोध रोकेनन्। सडकमा दंगा प्रहरीका साथै मोटरसाइकलमा रेभललसनरी गार्ड्सका सैनिक खटिएका बीबीसीको समाचारमा जनाइएको छ।

यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकको आन्दोलनको पक्षमा ट्वीट गरेका छन्।

ट्रम्पले इरानको मुख्य भाषा फारसी भाषामै इरानलाई आफ्ना नागरिक नमार्न सुझाव दिएका छन्।

ट्रम्पले भनेका छन्,‘अमेरिकी प्रतिबन्ध र नागरिकको प्रदर्शनले इरान ठूलो दबाबमा परेको छ। जसले सम्झौता गर्न इरानलाई बाध्य पारेको छ। इरानले सम्झौता गर्नु नगर्नु आन्तरिक विषय हो। तर परमाणु हतियार नराख्नु र आन्दोलित नागरिकको हत्या नगर्नु।’

यसअघि ट्रम्पले शान्ति वार्ताको लागि आफूहरु इरानसँग सम्झौता गर्न तयार भएको बताएको थियो। अमेरिकाले इरानलाई परमाणु हतियार राख्न नदिने सर्त राखेको छ।

शनिबार पनि ट्रम्पले इरानी प्रदर्शनको पक्षमा ट्वीट गर्दै भनेका थिए,‘इरानका साहसी नागरिकहरु, म राष्ट्रपति बनेदेखि नै तपाइँहरुको साथमा छु। मेरो सरकार तपाइँको साथमा रहनेछ। हामीले तपाइँहरुको प्रदर्शनमा ध्यान दिएका छौं। तपाइँहरुको साहसले हामी प्रेरित भएका छौं।’ एजेन्सी

Image result for iran protest'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .