एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ। सन् २०२३ मा स्टारसिप रकेटमा युसाकु मेजावा चन्द्रमामा घुम्न जानेछन्।
उनले चन्द्र भ्रमणको लागि टिकट काटिसकेका छन्। हालै ४४ वर्षका जापानी अर्बपति युसाकुले चन्द्रमामा डेटिङ जान प्रेमिका चाहियो भनेर ट्वीट गरेका छन्।
युसाकु सम्बन्ध विच्छेद भएका पुरुष हुन्। उनले ट्वीटमा विज्ञापन गर्दै भनेका छन्,‘चन्द्रमामा भ्रमण गर्ने पहिलो महिला किन नबन्ने?’

अर्बपति ब्यापारी युसाकुले आफ्नो वेबसाइटमा भने आफूलाई ‘जीवनसाथी’ चाहिएको बताएका छन्।
उनले भनेका छन्,‘एक्लोपनको महसुस गरिरहेको छु। भविष्यको जीवनसाथीसँग म चन्द्रमामा जान चाहन्छु।’ बीबीसी
[WANTED!!!]
Why not be the ‘first woman’ to travel to the moon?#MZ_looking_for_love https://t.co/R5VEMXwggl pic.twitter.com/mK6fIJDeiv

प्रतिक्रिया