ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति र राष्ट्रपतिलाई

प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति र राष्ट्रपतिलाई

नेपालखबर
जेठ १८, २०८० बिहिबार १७:४७, काठमाडौँ

चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपरान्ह भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकाा छन् 

भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको हो। 

भेटका क्रममा दुई देशबीचको हितका विभिन्न विषयमा कुरा भएको बताइएको छ। 

त्यसअघि प्रचण्ड र भारतीय उपराष्ट्रपति जग्दीप धनखरबीच नयाँदिल्लीमा भेटवार्ता भएको थियो। 

यसअघि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा दुई देशका अधिकारीबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .