राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा प्रयोग गरेको शब्दलाई लिएर नेपाली कांग्रेसका रामहरि खतिवडाले नियमापत्ति गरेका छन्।
रास्वपा सांसद श्रेष्ठले सम्बोधनका क्रममा ‘पागलपन’ शब्द प्रयोग गरेपछि त्यसलाई रेकर्डबाट हटाउन मागसहित कांग्रेस सांसद खतिवडाले आपत्ति जनाएका छन्। तर रामहरिको उक्त मागलाई सभामुख देवराज घिमिरेले अस्वीकार गरिदिएका छन्।
‘पुरानै शैलीमाा काम गर्ने तर नतिजा नयाँ सोच्ने ‘पागलपन’ जस्तै हो,’ सुमनाले भनेकी थिइन्, ‘जसरी प्रधानमन्त्री आफैंले नीतित तथा कार्यक्रम कर्मकान्डी भयो भनेर जे सोच्नु भयो। यसले हामीलाई कुनै नतिजा दिँदैन।’
त्यसपछि सांसद खतिवडाले संसदीय व्यवस्थामा संसदीय मर्यादाअनुसार शब्द चयन गर्नुपर्ने पनि उल्लेख गरे।
‘पागल र पागलपन संसदीय मर्यादाअनुसारको होइन, यसलाई रेकर्डबाट हटाउनुपर्छ सभामुख महोदय’, उनले भने।
तर सभामुख घिमिरले सुमनाले कसैलाई लक्षित गरेर पागल वा पागलपन भएको भनेर नभनेको बताए। ‘उहाँले उपमा दिँदाखेरी त्यो शब्द प्रयोग गर्नु भएको । कसैलाई पागल भनेको होइन। त्यसैले यसलाई रेकर्डबाट हटाइरहनु परेन।’
— Nepalkhabar (@nepalkhabar) May 28, 2023रास्वपा सांसद सुमना श्रेष्ठले 'पागलपन' शब्द प्रयोग गरेपछि रेकर्डबाट हटाउन कांग्रेस सांसद रामहरि खतिवडाको माग, सभामुखले गरिदिए अस्वीकार pic.twitter.com/kcuq3zQpvd
Shares

प्रतिक्रिया