राजनीति


नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १८:४२, काठमाडौँ

सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

शुक्रबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि पठाउने निर्णय गरेको हो।

राष्ट्रपतिले कानुनी परामर्श गरिरहेका बेला यसअघि दुई पटकसम्म रोकिएको यो विधेयक प्रमाणीकरणका लागि अनुरोध गर्ने निर्णय भएको एक मन्त्रीले बताएका छन्।

नागरिकता विधेयकलाई लिएर केही दिनअघि मात्रै सत्तारुढ गठबन्धनका नेताहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग परामर्श गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपालसहितले यो विधेयकबारे राष्ट्रपतिसँग संवाद गरेका थिए। 

यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा दुई पटकसम्म रोकिएको थियो। अहिले पनि यो विधेयक राष्ट्रपतिको कार्यालयमा थन्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .