विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागे/नलागेको पूर्ण रुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ।
देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्रु बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरणअगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ।
संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रुलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।
ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानबिन भइरहेको छ।
डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। घटना आज मध्याह्नको हो। रासस/सिन्ह्वा
जेठ १२, २०८०, शुक्रबार
प्रतिक्रिया