प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधपछि शुक्रबार मध्यान्ह १२.४५ बजे २० मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक अब आजै दिउँसो ३ बजे बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले तोकेको समयमा बस्न नसकेपछि अब दिउँसो ३ बजेका लागि बैठक राखिएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्मानीय समाभुखज्यूले सभाको बैठक आजै दिनको ३ बे बस्ने गरी निर्धारण गर्नु भएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले भनेका छन्।
45
Shares
प्रतिक्रिया