ad ad

राजनीति


के हो संसदमा उठेको पशुपतिनाथको सुनको जलहरी काण्ड?

के हो संसदमा उठेको पशुपतिनाथको सुनको जलहरी काण्ड?

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १५:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका थिए।

शुक्रबार बसेको संसद बैठकमा एमालेले सत्तापक्षकै सांसदबाट गम्भीर आरोप लगाइएको भन्दै यसबारेमा सत्तापक्षको धारणा नआई संसद बैठक चल्न नदिने अडान लियो। सभामुख देवराज घिमिरेले एमाले सांसदलाई बसेर छलफल प्रक्रियामा भाग लिन आग्रह गरे, तर एमाले सांसदहरुले बसेनन्।

बरु संसद बेल अगाडि नाराबाजीमा उत्रिए।

केहीबेर एमाले सांसदहरुको नारावाजीपछि सभामुख घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरे। स्थगित बैठक आजै ३ बजेबाट सुरु हुने भएको छ। 

त्यसअघि सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन्। पहिलो चरणको संयुक्त छलफल सकिएपछि अहिले दलहरु आन्तरिक छलफलमा छन्।

यस्तो छ महालेखा परीक्षकले जलहारीको विषयमा लेखेको तथ्यः
२०७७ फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  पशुपतिनाथमा ९६ किलोको जलहरी राखेका थियो । 

१०८ केजी सुनको जलहरी बनाउने निर्णय अनुसार काम भएको थियो। बाँकी १२ किलो सुन पछि थप्ने घोषणा गरियो। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरिन्। तर पशुपति नाथमा सुनको जलहरी नराखिएको भन्दै विरोध भयो।

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।

हो यही विषयलाई माओवादी सांसद दाहालले जेठ १० गतेको बैठकमा उठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .