राजनीति


बालुवाटारमा ओली–प्रचण्ड वार्ता, लाग्ला त सभामुखको टुंगो ?

बालुवाटारमा ओली–प्रचण्ड वार्ता, लाग्ला त सभामुखको टुंगो ?

नेपालखबर
पुस २७, २०७६ आइतबार ५:३०,

सभामुखको टुंगो लगाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भइरहेको छ।

पार्टी सचिवालयले शुक्रबार उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरेपछि सभामुखको टुंगो लगाउन आइतबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवासमा वार्ता सुरु भएको हो। वार्ता सभामुखको चयनमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ।

पूर्वमाओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्वएमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वएमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन्।

नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद बैठक बस्नु अघि नै सभामुखका बारेमा टुंगो लगाउन दुई अध्यक्षबीच वार्ता भएको नेकपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad