राजनीति


आईजीपी मुछिएपछि वाग्ले भन्छन्- कानुनको हातबाट कोही भाग्न सक्दैन

आईजीपी  मुछिएपछि वाग्ले भन्छन्- कानुनको हातबाट कोही भाग्न सक्दैन

नेपालखबर
जेठ १०, २०८० बुधबार १२:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा शरणार्थी प्रकरणमा प्रहरी प्रमुख पनि जोडिएकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्।

बुधबार संसद्‌ बैठकमा बोल्दै उनले प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि छानबिन हुनुपर्ने संदिग्धको सूचीमा थपिएको उनले बताए। 

'नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दुखद आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्नेछैन। दण्डहीनताको यो निकृष्ट चुरिफुरी, यो नाटक कति लम्बिन्छ हामी हेर्नेछौँ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .