ad ad

राजनीति


सरकारले अब अकूत सम्पत्ति पनि छानबिन गर्छ : प्रधानमन्त्री

सरकारले अब अकूत सम्पत्ति पनि छानबिन गर्छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार १४:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अब सुशासनको पक्षमा कठोर भएर प्रस्तुत हुने बताएका छन्। 

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिँदै उनले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर हुने बताएका हुन्।

‘सरकार सुशासनको पक्षमा दृढतापूर्वक अगाडि बढेको छ। सरकारले छानबिन गरेको एउटा विषयमा मात्रै हो कि भन्ने धेरैलाई परेको छ,’ उनले भने, ‘सरकार सबैखाले विकृति विसंगतिविरुद्ध कठोर हुन्छ। सरकारले अब अकुत सम्पत्ति पनि छानबिन गर्छ।’

उनले नीति तथा कार्यक्रममा विगतमा उपलब्धि समावेश भएन भनिएको कुरा गलत रहेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .