ग्लोबल


मस्कपछि बेजोसको कम्पनीलाई पनि चन्द्रमामा अन्तरिक्षयात्री पुर्‍याउने ठेक्का

मस्कपछि बेजोसको कम्पनीलाई पनि चन्द्रमामा अन्तरिक्षयात्री पुर्‍याउने ठेक्का

नेपालखबर
जेठ ९, २०८० मंगलबार १५:४, काठमाडौँ

नासाले एलन मस्कको कम्पनीसँग चन्द्रमामा आफ्ना अन्तरिक्ष यात्री पुर्‍याउन सम्झौता गरेको २ वर्षपछि सोही सम्झौता अमेजनका मालिक जेफ बेजोसको कम्पनीसँग पनि गरेको छ।

नासाले २ वर्षअघि विश्वका दोस्रो धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्ससँग सन् २०२५ सम्म आफ्ना अन्तरिक्षयात्रीलाई चन्द्रमामा पुर्‍याउनेगरी ३ खर्ब अमेरिकी डलरमा सम्झौता गरेको थियो।

गत शुक्रबार नासाले सोही सम्झौता विश्वका तेस्रो धनी अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनसँग पनि गरेको छ।

ब्लु ओरिजिनले नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा पुर्‍याउने गरी ३ खर्ब ४० अर्ब अमेरिकी डलरमा सम्झौता भएको हो। नयाँ सम्झौतासँगै अब ब्लु ओरिजिनले सन् २०२९ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउनेगरी नयाँ यान बनाउनेछ।

ब्लु ‌ओरिजिन बेजोसको निजी रकेट कम्पनी हो। विभिन्न कम्पनीहरूसँग मिलेर यसले अन्तरिक्षयान सम्बन्धी काम गरिरहेको छ। सन् २०२१ मा पनि उक्त कम्पनी नासासँग सम्झौता गर्ने दौडमा रहेकोमा सोबेला मस्कको स्पेस एक्ससँग नासाले सम्झौता गरेको थियो।

सम्झौतापछि बेजोसले नासासँग सहकार्य गर्न पाउँदा आफूले सम्मानित महसुस गरेको बताएका छन्।

बेजोसको ब्लु ओरिजिनभन्दा २ वर्षअघि नै नासाले स्पेस एक्ससँग यस्तो सम्झौता गरेकाले यो दौडमा एलन मस्कको कम्पनी अगाडि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .