राजनीति


नागरिक उन्मुक्तिले फिर्ता लियो नेपाल बन्द कार्यक्रम

नागरिक उन्मुक्तिले फिर्ता लियो नेपाल बन्द कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:३८, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी चार दिने नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ।

यही जेठ ६ गते देखि १० गतेसम्म आह्वान गरिएको नेपाल बन्द कार्यक्रम फिर्ता गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमै 'लाल आयोग' प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दे नेपाल बन्द कार्यक्रम स्थगित गरिएको छ।

त्यसैगरी उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने गरी फौजदारी विधेयक संसदमा टेबुल भइसकेकाले सरकार पक्षसँग भएको सम्झौतालाई सकारात्मक भन्दै नेपाल बन्द कार्यक्रम फिर्ता लिइएको हो। 

नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशमलाई दिइएको जन्मकैदको सजायलाई सर्वोच्च अदालतबाट सदर गरिएपछि आन्दोलन घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .