राजनीति


अदालतमा हुने भ्रष्टाचार रोक्न उच्चस्तरीय न्याय प्रशासन आयोग गठन गरिने

अदालतमा हुने भ्रष्टाचार रोक्न उच्चस्तरीय न्याय प्रशासन आयोग गठन गरिने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:३८, काठमाडौँ

सरकारले अदालतमा हुने भ्रष्टाचार रोक्न सरकारले उच्चस्तरीय न्याय प्रशासन आयोग गठन गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा न्यायलाई छिटो छरितो र कम खर्चिलो बनाउन आवश्यक कानूनी एवं संरचनात्मक सुधारका लागि सुझाव दिन न्यायपालिकासँगको समन्वय र सहकार्यमा उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गरिने उल्लेख छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

८ हजार ३२ शब्दको सो कार्यक्रममा भनिएको छ, ‘अनुसन्धान र अभियोजन प्रणालीलाई वस्तुगत र वैज्ञानिक बनाइनेछ। कसूर पीडित तथा साक्षीको प्रभावकारी संरक्षण गरिनेछ। सरकारी वकीलको व्यावसायिक क्षमता विकास र संस्थागत सुदृढीकरण गरिनेछ।’

साथै शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने पनि उल्लेख छ।

‘जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति¸ आर्थिक सहायता उपलब्ध गराइनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गरिनेछ।’

शुक्रबार मात्र संसदको कानुन न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्याय टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .