राजनीति


राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १५:३८,

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ। प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन प्रयोजनकै लागि आज बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २/२ गरी ४५ उम्मेदवारले भाग लिएका छन्।

यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ उम्मेदवार रहेका छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .