समाज


अधिवक्ता खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन

अधिवक्ता खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १५:५९,

नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको आचारसंहिताविपरीत काम गरेको अभियोगमा एक अधिवक्ताको तीन महिना कानून व्यवसाय गर्न नपाउने गरी प्रमाणपत्र निलम्बन गरेको छ।

परिषद्का सचिव रामहरि काफ्लेले आज जारी गरेको सार्वजनिक सूचनामा प्रमाणपत्र सङ्ख्या ४४९३ नम्बरका अधिवक्ता कृष्णबहादुर खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन गरिएको उल्लेख छ।

अधिवक्ता खत्रीले काठमाडौं गोलढुङ्गा गाविस ५ बस्ने काबु पुतुवारको कानून व्यवसायी भई काम गर्दा मुद्दा मिलापत्र गराएबापत तीन आना जग्गा आफ्नो नाममा गरेको र उक्त मुद्दामा दोहोरो भूमिका खेलेको सूचनामा दावी गरिएको छ।

त्यस्तै, परिषद्ले अर्का अधिवक्ता खगेन्द्रप्रसाद बोहरा (प्रमाणपत्र ४३५८) ले कानून व्यवसायी हुँ भनेर आचारसंहिता विपरीत काम गरेको हुँदा पहिलो पटक नसिहत दिएको छ। परिषद्को अनुशासन समितिमा परेको उजूरीका आधारमा अनुसन्धान गरी सो कारवाही गरिएको परिषद्ले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .