ad ad

राजनीति


राजनीतिक संरक्षणमा भ्रष्टाचार बढ्यो : माधव नेपाल

राजनीतिक संरक्षणमा भ्रष्टाचार बढ्यो : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार ११:४१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन्।

मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जली सभामा उनले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पुर्‍याएको बताए।

विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पुर्‍याएको अध्यक्ष नेपालले बताए।

कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको उनको भनाइ थियो।

पार्टीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिँदै उनीहरूको निधनले देशको लोकतान्त्रिक आन्दोललाई ठूलो क्षति पुगेको बताए।

सरकारले घटनाको प्रमाण सङ्कलन गरी छानबिन तथा अनुसन्धान गर्न नसकेकाले रहस्यमय हत्याकाण्डका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले देशमा भएका आन्दोलन तथा अनेक चुनौतीका बीच सामन्त वर्गको अन्त्य गरी नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाइएको विचार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .